जर्जियामा ११ भारतीय नागरिक मृत फेला

२ पुस, काठमाडौं । यूरोपेली मुलुक जर्जियामा ११ जना भारतीय नागरिक मृत फेला परेका छन् ।

जर्जियाको गुदौरी भन्ने स्थानमा भारतीयहरू मृत फेला परेको त्यहाँस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।

दूतावासले यस सम्बन्धमा थप जानकारी जुटाउन र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ । कार्बन मोनोअक्साइड ग्याँसका उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान छ ।

स्थानीय प्रहरीका अनुसार जर्जियाको गुदौरीस्थित एक स्की रिसोर्टको दोस्रो तलामा ११ भारतीय र एक जर्जियाई गरी १२ जनाको शव फेला परेको हो ।

एएफपी समाचार एजेन्सीका अनुसार उनीहरु सुत्ने ठाउँमा मृत फेला परेका थिए र प्रारम्भिक अनुसन्धानमा शवमा घाउचोट लागेको पनि देखिँदैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय