जाडोमा मेवा खाने कि नखाने ?
तपाईंलाई जाडो मौसममा फलफूल खानु हुन्छ कि हुँदैन भन्ने खुल्दुली हुनसक्छ । कतिपय फलफूललाई हामिले चिसो होला भनेर बुझ्ने गर्दछौं ।
जस्तै:मेवा,केरा,स्याउ,सुन्तला आदि फलफूल सम्झिदैमा चिसो हो कि भन्ने लाग्न सक्छ।तर,जाडोमा फलफूल खानु झन् स्वस्थकर हुनसक्छ भन्ने कुरा धेरैले नबुझेको पनि हुनसक्छ । वास्तवमा जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता अक्सर कमजोर हुन्छ, जसका कारण धेरै रोग र सङ्क्रमणले मानिसलाई आफ्नो शिकार बनाउँछ। त्यसैले केही अपवाद बाहेक यो मौसममा फलफूल खानु राम्रो मानिन्छ ।

अब चर्चा गरौं मेवा खाने कि नखाने ? मेवा फलफूलमध्ये राम्रो फलफूल हो।यस मौसममा आफ्नो आहारमा मेवा समावेश गर्दा धेरै फाइदाहरु छन्। आयुर्वेदले पनि मेवालाई पोषणयुक्त आहार हो भनेर खानको लागि सिफारिस गरेको छ।

पाचन स्वास्थ्य सुधार :जाडोमा पाचन सम्बन्धी समस्या प्रायः मानिसको लागि समस्याको कारण बन्ने गर्छ । यस्तो अवस्थामा मेवा खाँदा पाचन शक्तिमा सुधार हुन्छ । मेवामा पाइने पपेन इन्जाइमले पाचन प्रक्रियामा मद्दत गर्छ । यसले कब्जियत र इरिटेबल बोउल सिन्ड्रोमका अन्य लक्षणहरूलाई पनि कम गर्न मद्दत गर्छ।
मुटुका लागि फाइदाजनक:मेवा तपाईँको मुटुको स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । वास्तवमा, यसमा पाइने लाइकोपीन र भिटामिन सीले मुटुको स्वास्थ्य सुधार गर्न र राम्रो एचडीएल कोलेस्ट्रोल बढाउन मद्दत गर्दछ, जसले हृदय रोगको जोखिम कम गर्छ।
क्यान्सरको जोखिम कम गर्छ: क्यान्सर आजकाल गम्भीर समस्या बन्दै गएको छ । यस्तो अवस्थामा यसको रोकथामका लागि आवश्यक कदम चाल्नु जरुरी छ । मेवाले यसलाई रोक्न मद्दत गर्न सक्छ। वास्तवमा, मेवामा लाइकोपीन हुन्छ, जसले फ्रि रेडिकललाई नष्ट गरेर क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।
छालाको लागि लाभदायक:स्वास्थ्यका साथसाथै मेवा तपाईँको छालाको लागि पनि लाभदायक साबित हुन सक्छ। यसमा पाइने भिटामिन सी र लाइकोपीनले छालाको रातोपनलाई कम गर्न मद्दत गर्छ।
वजन घटाउनमा सहयोगी : यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने मेवाले तपाईँलाई यसमा मद्दत गर्न सक्छ। मेवा एक कम क्यालोरी र उच्च फाइबर भएको फल हो, जसले उच्च फाइबर सामग्रीको कारण वजन व्यवस्थापन गर्न मद्दत गर्दछ।