हारेका नेतालाई पद दिएर पार्टी बिभाजन रोक्दै माधव नेपाल !

काठमाडौं । पुर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तत्कालीन नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी बनाउन जति सजिलो भएको थियो अहिले त्यै पार्टी जोगाउन गार्हो परेको छ।
पार्टीको महाधिवेशनमा आफू सर्वसम्मत अध्यक्ष निर्वाचित भएपछि पदाधिकारी र केन्द्रिय समिति गठनमा मनमौजु गरेको भन्दै केही नेता पार्टी बिभाजन नै गर्ने अवस्थामा पुगेपछि उनको टाउको दुखाइ झन् बढेको थियो। महाधिवेशन शृङ्खला अन्तर्गत नै पदाधिकारी र पोलिट्ब्युरोमा निर्वाचन गरेको तर,स्थायी कमिटी र केन्द्रिय समिति एकलौटी चयन गरेको अध्यक्ष माथी आरोप छ। त्यसमाथि पनि पदाधिकारी चुनावमा चिट बाड्न लगाएको र रामकुमारी झाक्री लगायत नेतालाई पाखा लगाएको गुनासो पनि सुन्नु परेको छ।
अहिले भने ती सबै बिषयलाई मथ्थर पार्दै तत्काल पार्टी बिभाजनबाट रोक्न महाधिवेशनमा विभिन्न पदमा पराजित भएका नेतासमेत थपेर स्थायी कमिटी बनाउने अभियानमा अध्यक्ष नेपाल सहित महासचिव घनश्याम भुषाल लागि परेका छन् । पुर्व सचीव रामकुमारी झाक्री सहित डा.बिजय पौडेल,जिवनराम श्रेष्ठ,बिरोध खतिवडा लगायत नेताले पार्टीले महाधिवेशनको केही गलत अभ्यास नसच्याए पार्टी बिभाजन गर्ने र एमालेमा फर्किने सम्मको चेतावनी दिएका थिए।
बिद्रोह गर्ने नेताहरूको चेतावनी पछि पार्टीको स्थायी कमिटी संख्या बढाएर तत्काल समाधान गर्न लागिएको एक नेताले बताए। उनका अनुसार अब पार्टीको स्थायी कमिटी सदस्य संख्या कम्तीमा ४१ हुनेछ। स्रोतका अनुसार यसमा अझै केही बढेर ४९ सम्म पुग्न सक्छ ।
हाल नेकपा एसमा अध्यक्ष १,सम्मानित नेता १,बरिस्ठ उपाध्यक्ष ३, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ४, सचिव ७ गरेर जम्मा २४ सदस्यीय पदाधिकारी छ। पदाधिकारी रहेका सबै स्वतः स्थायी कमिटी सदस्य रहने पार्टी बिधानमै छ। अब त्यसमाथि स्थायी समिति सदस्य पहिले भएका बाहेक पदाधिकारीमा पराजित भएका बिरोध खतिवडा,रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ,रामचन्द्र झा सहित नेतालाई थप गरिने पक्का भएको छ।
बुधबार र बिहिवार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको बुझिएको छ। त्यसलाई आज शुक्रबार अन्तिम रुप दिइनेछ । गत असार १६ देखि २० मा सम्पन्न दसौँ महाधिवेशनले एकीकृत समाजवादीमा आशा र उत्साह भन्दा बढी निराशा र बिद्रोह जन्माएको नेताकार्यकर्ताको बुझाइ छ। सांसदहरु प्रेम आले,किसान श्रेष्ठ,धनबहादुर बुढा पनि पार्टीको गतिविधिमा सन्तुष्ट छैनन् ।आलेले त महाधिवेशन नै बहिष्कार गरेर भारत भ्रमणमा गएका थिए।

