रवि लामिछानेलाई ५ दिन हिरासत राख्न अदालतको अनुमति

काठमाडौं । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले पुन: अनुमति दिएको छ।

सहकारी प्रकरणमा लामिछानेलाई कार्तिक २ गते काठमाडौं स्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरि कास्की लगेको थियो। त्यसपछि अनुसन्धान कै क्रममा रहेका लामिछाने विरुद्ध मुद्दा  दर्ताको तयारीमा प्रहरी रहेको छ।

हाल कास्की हिरासतमा नै रहेका लामिछानेलाई रुपन्देही,काठमाडौं,चितवन र बिरगंज प्रहरीले पनि हिरासतमा राखेको थियो। आज म्याद थपका लागी अदालत उपस्थित गराउदा प्रहरीले ९ दिनको समय मागे पनि अदालतले ५ दिन हिरासत राख्न अनुमति दिएको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले बिहीबार लामिछानेलाई पाँच दिन थप थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने सहित पुर्व डिआइजी छबिलाल जोशी सहित अन्य ३ जना पनि प्रहरी हिरासतमै छन् । मुख्य योजनाकार भनिएका जिबि राई भने हालसम्म फरार छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय