रवि लामिछाने विरुद्ध मुद्दा दर्ताको तयारी

काठमाडौं । पुर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई वीरगन्जबाट कास्की पुर्‍याइएसँगै अब मुद्दा दर्ताको तयारी गरिएको छ। उनिमाथी कम्तीमा ३ वटा मुद्दा  दर्ता हुनसक्ने बुझिएको छ।

कास्की,रुपन्देही,काठमाडौं र चितवन पछि बिरगंजमा समेत उनको बयान सकिएपछि बुधबार उनलाई हवाइयात्रा मार्फत सिमराबाट काठमाडौं हुँदै कास्की फर्काइएको हो। स्रोतका अनुसार कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। अब केही दिनमा मुद्दा  दर्ता हुनेछ।

पोखराको सुर्यदर्शन सहकारी सहित बुटवल,चितवन,काठमाडौं र बिरगंजका सहकारीबाट रकम दुरुपयोग गरिएको बिषयमा रवि लामिछाने सहित जिबि राई,पुर्व डिआईजी छबिलाल बन्जाडे जोशी लगायत माथी अभियोग छ।यद्यपि मुख्य अभियुक्त भनिएका जिबि राई हालसम्म फरार छन् ।

पक्राउ परेका लामिछाने र जोशी सहित अन्य आरोपी बारे अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन्  । पुर्व गृहमन्त्री लामिछाने कार्तिक २ मा काठमाडौबाट पक्राउ परेका थिए । उनी भन्दा अगाडि जोशी पक्राउ परेका थिए। यो मुद्दामा अन्य पनि पक्राउ परेका छन् ।

बुझिए अनुसार रवि विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउन लागेको छ। यसका लागि आज बिहिवार अदालतबाट पुनः म्याद थप हुनसक्छ । रवि र छवि सहित ५ जना प्रतिवादीलाई आज अदालत लैजाने तयारी कास्की प्रहरीले गरेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रतिवेदन संसदिय छानबिन समितिले दिएको थियो। प्रतिवेदनमा नै जिबि राई,रवि लामिछाने र छविलाल जोशीलाई कारबाही सिफारिस गरेको थियो। तर, लामिछानेले त्यसलाई ‘क्लिन चिट’ पाएको भनेर ब्याख्या गरे। यद्यपि पूर्व डीआईजी जोशी भने असोज ६ गते नै पक्राउ परे। त्यसपछि कार्तिक २ मा रवि पनि पक्राउ परे। जोशी पक्राउ परेको पुस ६ गते ९० दिन पुग्ने भएकोले त्यस अघि नै मुद्दा दर्ता गरिनुपर्छ । जसले गर्दा ढिलोमा पनि पुस ५ भित्र मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।

यो घटनामा पक्राउ परेका सबैका विरुद्ध मुद्दा  दर्ताको तयारी प्रहरीले गरेको छ। पक्राउ नपरेका अन्य ३० जना भन्दा बढीलाई फरार प्रतिवादी कायम गर्न पनि प्रहरीले सरकारी वकिल कार्यालयलाई राय दिने भएको छ ।

पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रीम, चितवनको सहारा र बिरगंजको सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको संयोजक सूर्य थापा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय