कांग्रेसको नेतृत्वमा सर्वदलीय सरकार !

काठमाडौं । नेपाली राष्ट्रिय राजनीति पुनः एकपटक उलटफेर हुने भएको छ। खासगरी शान्ति प्रक्रिया टुङ्याउने र बिआरआईको बिषयमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच खटपट छ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान शंशोधनको मुद्दामा प्रयाप्त ध्यान दिन नसकेको तथा चीनसँगको बिआरआइ सम्झौताबारे पनि स्पष्ट पार्न नसकेको भन्दै ओलीको विकल्प खोज्न लागिएको हो। यसमा सत्ताको नेतृत्व गरिरहेको एमाले भित्रैपनी दुई धार देखिएको छ।

एमाले भित्र नै शान्ति प्रक्रियाका बिषयमा प्रधानमन्त्री ओली गम्भीर छैनन् भन्ने कुरा उठ्ने गरेको छ। उनले यो कांग्रेस र माओवादीको मात्रै बिषय भएकोले एमाले अग्रसर हुन आवश्यक नभएको भन्ने गरेको आरोप पनि छ। २०६३ को बिस्तृत शान्ति सम्झौता हुुँदा ओली मुख्य भूमिकामा थिएनन् । त्यसैले पनि उनलाई यो बिषय गम्भीर लाग्दैन जति कांग्रेसलाई लाग्छ।

स्रोतका अनुसार नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरि संविधान शंशोधन सहित शान्तिप्रकृयाका बाकी काम पूरा गर्ने रोडम्याप बन्दैछ। केही समय भित्र नै कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुने र त्यसमा सबै दललाई सहभागी गराइने तयारी छ। यद्यपि कुन-कुन दल सहभागी हुने भन्ने टुंगो लागेको छैन तर,छलफल जारी रहेको कांग्रेस स्रोतको भनाइ छ।

नेपाली कांग्रेसका एक नेताका अनुसार परराष्ट्रमन्त्री आरजु राणा युरोप भ्रमण सकेर फर्केपछि त्यसको औपचारिक थालनी हुनेछ। हाल सबैभन्दा उत्कृष्ट कार्यसम्पादन परराष्ट्र मन्त्री राणाको देखिएको छ। अमेरिका,भारत र चीन भ्रमणमा उनले देखाएको परराष्ट्र मामिलामा आवश्यक हुने समदूरीको सम्बन्धले युरोप भ्रमण पनि उनको उत्कृष्ट हुने अपेक्षा गरिएको छ।

नेपालको लागि छिमेकी भारत र चीनसँगै अमेरिका,युरोप लगायत राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाउन सक्ने परराष्ट्र मन्त्री आरजु राणाको कामलाई सबैले सकारात्मक भनेका छन् ।प्रधानमन्त्री ओलीले भन्दा राम्रो काम राणाले गरेको राजनीतिक बृत्तमा चर्चा समेत हुन थालेको छ।

यत्ति मात्रै होइन नेपाली कांग्रेसले दुई ठुला दल मिलेर सरकार गठन हुँदा पनि जनताले चाहेजस्तो काम प्रधानमन्त्रीबाट हुन नसकेको र जनताको पक्षमा काम गर्ने जिम्मेवारीबाट कांग्रेस पन्छिन नमिल्ने भनेको छ। कांग्रेसले जस्तोसुकै जटिल परिस्थितिमा पनि जनताको साथ नछाड्ने भन्दै लोकतान्त्रको रक्षा र जनताको भरोसा दुबैमा कांग्रेस प्रतिबद्ध हुने जनाएको छ।

प्रधानमन्त्री ओलीले गफ मात्रै गर्ने र काम नगर्ने हो भने त्यसको दोष पनि कांग्रेसले नबोक्ने भन्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रारम्भ गर्न लागेको हो। यसको संयोजन भने सभापति शेरबहादुर देउवाकै इशारामा हाल दोस्रो पुस्ताका नेताहरूले गरिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय