के माधव नेपालको पार्टी फुट्दै छ ?
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी पुनः फुटको संघारमा पुगेपछि नेताकार्यकर्तामा निराशा छाएको छ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/1200-px100-px-QR-Teller.gif)
यसअघि पनि सो पार्टीबाट उपाध्यक्ष लगायत पदाधिकारी र स्थायी समिति तथा पोलिट्ब्युरो र केन्द्रिय सदस्य सम्मले अलग हुँदै पुरानै घर एमाले प्रवेश गरिसकेका छन् । अझै मुख्य नेता पार्टी छाड्ने तरखरमा रहेको स्रोतको भनाइ छ।यद्यपि अहिले पार्टी फुटाउन सजिलो भने छैन। किनभने पार्टी फुटाउन सजिलो हुनेगरी सरकारले अध्यादेश ल्याउन खोजेपनी तत्काल संभव देखिन्न ।
![](https://www.parewanews.com/wp-content/uploads/2024/01/Worldlink-Pubg-1200-x-100.gif)
प्रधानमन्त्री केपी शर्मा ओलीले त पटकपटक अध्यादेश ल्याउन खोजेकै छन् ।तर, सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसले अध्यादेश ल्याउने कुरामा साथ दिएको छैन । यति हुँदाहुँदै पनि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भित्र भने चरम असन्तुष्टि बढ्दै गएको छ । त्यही असन्तुष्टिको बावजुद पार्टीका केही नेता तथा सांसदहरु लामो समयदेखि पार्टी फुटाउने अभ्यास गरिरहेका छन् । नेकपा एसको प्रतिनिधि सभामा १० सांसद छन् ।स्रोतका अनुसार १० मध्य ६ जना सांसद पार्टी विभाजनको पक्षमा छन् ।
पार्टी विभाजनको नेतृत्व गर्ने सांसदहरुमा कृष्णकुमार श्रेष्ठ र प्रेम आले देखिए पनि धनबहादुर बुढा लगायत अन्य सांसदले पनि साथ दिने बताईन्छ । सांसद मात्रै होइन ३४४ सदस्यीय केन्द्रिय समिति मध्य करिब १५० जना पार्टी विभाजनको पक्षमा उभिएको स्रोतको दाबी छ । गत असारमा महाधिवेशन सकिएपछि पदाधिकारी चयनको बिषयमा पार्टी भित्र चरम असन्तुष्टि छ। महाधिवेशनले अध्यक्ष,सम्मानित नेता,बरिस्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित गरेको थियो । बाकी केन्द्रिय सदस्य आफुखुशी ल्याइएको र तिनै मध्यबाट पदाधिकारी निर्वाचन गरेर अध्यक्ष माधव नेपालले नै नौटंकी गरेको आरोप असन्तुष्ट नेताले लगाएका छन् ।
त्यतिमात्र होइन पदाधिकारी चयनमा भएको हस्तक्षेपको बिरोध गर्दै जिवनराम श्रेष्ठ,डा.बिजय पौडेल लगायत नेताहरूले केन्द्रीय समिति र पदाधिकारी निर्वाचन पुनः गर्न र धेरैजसो निर्णय सच्याउन अध्यक्ष नेपाल र महासचिव घनश्याम भुषाललाई भेटेर दबाब दिएका छन् । त्यही कारण महाधिवेशन भएको लामो समय भैसक्दा पनि नेताहरूको कार्य विभाजन हुन सकिरहेको छैन । जसका कारण पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ भन्ने सजिलै बुझ्न् सकिन्छ । अध्यक्ष नेपालको कार्यशैली प्रती सम्मानित नेता झलनाथ खनाल,बिरोध खतिवडा,नेतृ रामकुमारी झाक्री लगायत नेता पनि रुष्ट छन् ।
पार्टी नेता विरोध खतिवडाले त पार्टी फुटेपनि कुनै अनौठो मान्न नहुने बताउने गरेका छन् । उनले एउटा रेडियो अन्तरबार्तामा आफ्नो जीवनकालमा धेरै पार्टीहरु फुटेको र जुटेको देखेको बताउँदै एकीकृत समाजवादी फुटेमा आश्चर्य मान्नु नपर्ने समेत बताएका छन् ।
‘तपाईँको पार्टी फुट्दैन ? भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म कुन चाहीँ पार्टी फुटेको छैन र ? हजारौं वर्षमा नभएको चिज, केही भयो भने पो त्यसलाई आश्चर्य मानेर ओहो यस्तो भएछ ! भोलिपर्सी फेरि हुन्छ कि हुँदैन ? भनेर आश्चर्य मानेर गफ गर्नु । हाम्रै जीवनकालमा पार्टीहरु फुटेको पनि देखेका छौं, जुटेको पनि देखेका छौं । मारामार झगडा गरेको पनि देखेका छौं, लभ परेर चाटाचाट गरेको पनि देखेका छौं । हरिद्वार र मलद्वार भनेको पनि सुनेका छौं । हाम्रै कार्यकालमा सबै देखिइएको छ । यी सामान्य कुरा हुन्।’