फालेलुङका ४६ प्रधानाध्यापकबीच शैक्षिक कार्यक्रम बारे छलफल

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका अन्तर्गतका ४६ विद्यालयका प्रधानाध्यापकहरुको बैठकले विद्यालयको शैक्षिक अवस्था बारे परामर्श र भावी कार्ययोजना बारे छलफल गरेका छन् ।

गाउँपालिकाको सभाहलमा बसेको बैठकले सबै शिक्षकहरुको ब्यक्तिगत विवरण अपडेट गर्ने,बाढीपहिरोबाट प्रभावित भएका विद्यालयहरुको भौतिक निर्माण र व्यवस्थापनको लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न पहल गर्ने,सवै विद्यालयमा ईन्टरनेट सुबिधाको लागि बजेट माग गर्ने लगायत निर्णय गरेको छ।

यसैगरी बैठकमा स्थानीय पाठ्यसामग्री तयार गर्ने र सोही अनुसार अध्यापन गराउने, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने, कक्षा ११ को भर्ना शुल्कबारे गाउँपालिकासँग कुराकानी गर्ने,कम्प्युटर र प्रीन्टर नभएको विद्यालयको लागि सो ब्यबस्था गर्ने, गाउँपालिका भित्र संचालित बालविकास केन्द्र (कक्षा १ देखि ५ सम्म)को पोशाक निशुल्क गर्ने बारे पनि छलफल भएको थियो।

गाउँपालिका प्रमुख वीरविक्रम थाम्सुहाङको प्रमुख आतिथ्य र सामाजिक शिक्षा बिकास शाखा प्रमुख कृष्ण रिमालले संचालन गरेको बैठकमा उपाध्यक्ष महेन्द्र जवेगु,अधिकृत रणजित आङ्बोहाङ लगायतले गाउँपालिका भित्रका विद्यालयको शैक्षिक एवं भौतिक विकास बारे धारणा राखेका थिए।

सो बैठकमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायत सरोकारवाला निकायका प्रतिनिधि उपस्थित थिए। गाउँपालिका प्रमुखले सबैको धारणा सुनेपछि गाउँपालिकाको तर्फबाट हुने सहयोग र आवस्यक राय सुझाव प्रस्तुत गरेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...