रोल्पामा पर्खाल लगाउने क्रममा ५ जनाको मृत्यु
रोल्पा। रोल्पामा झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को झरेर पुरिदा ५ जना मजदुरको मृत्यु भएको छ।
रोल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहारी गाउँपालिका वडा नम्बर-३ को गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेर लाग्दा ५ मजदुर पुरिएका हुन्।
माटोले पुरिएको अवस्थामा २ पुरुष र २ महिला गरी ४ जनाको शव निकालिएको छ। उक्त ठाउँमा ७ जनाले काम गरिरहेको अवस्थामा २ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
उक्त घटनामा सुनछहरी गाउँपालिका-३ का ४५ बर्षिय दुजमन परियार, सोही ठेगानाका वर्ष ३१ का ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आइती परियार र वर्ष ६६ का देवीराम परियारको मृत्यु भएको हो।