बाघको आक्रमणबाट वडाध्यक्षसहित दुई घाइते

काठमाडौं । रौतहटमा बाघको आक्रमणमा परेर जनप्रतिनिधिसहित दुई जना घाइते भएका छन्।

रौतहटको गुजरा नगरपालिकास्थित राईटोलमा बाघले आक्रमण गर्दा वडा नम्बर १ का वडाध्यक्षसहित दुईजना घाइते भएका हुन। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरुको उपचार भैरहेको छ।

बाघको आक्रमणमा परि घाइते हुनेमा गुजरा नगरपालिका-१ का वडाध्यक्ष ५५ वर्षीय रामजीत चौधरी र सोही ठाउँका ६५ वर्षीय बौराही चौधरी रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घर नजिकै रहेको आलुबारीमा पानी पटाउन गएको बेला बौराहीमाथि अचानक बाघले आक्रमण गरेको थियो। उनलाई बाघबाट जोगाउन गएका वडाध्यक्ष चौधरीलाई पनि बाघले आत्रमण गरेर घाइते बनाएको थियो ।

बाघले आक्रमण गर्दा बौराहीको टाउको र दुवै हातमा चोट लागेको छ। वडाध्यक्ष चौधरीको पनि दुवै हातमा चोट लागेको छ। बाघको नङ्राले कोतर्दा उनीहरुको शरीरमा चोट पुगेको हो। घटनास्थल लमाहा खोला नजिकै पर्छ।

घाइते दुवैलाई चन्द्रपुरस्थित सरकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। हाल दुवै घाइतेको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...