फुटबल प्रतियोगितामा सिंहवाहिनी प्रथम

जेबी चाम्लिङ

पाँचथर। पाँचथरको फालेलुङ-७ मा आयोजना भएको पुरुष फुटबल प्रतियोगितामा सिंहवाहिनी माविको टिमले उपाधी जितेको छ। आयोजक थोक्पन आधारभूत विद्यालयले दोस्रो उपाधि जितेको छ।

फालेलुङ गाउँपालिका अन्तर्गत वडा नम्बर ६ र ७ मा रहेका विद्यालयका आधारभूत तह ७ र ८ कक्षाका पुरुष विद्यार्थीको फुटबल प्रतियोगिता भएको हो। प्रतियोगितामा सिंहबाहिनी  मावी,विहिदिन आधारभूत विद्यालय,पापुन्देन मावि,थोक्पन आधारभूत विद्यालय सहभागी थिए।

प्रतियोगितामा पेनाल्टी सुटआउटको आधारमा सिंहवाहिनी मावि प्रथम भएको हो। उसले ५ हजार नगद सहित ट्रफी हात पारेको छ। यसैगरी थोक्पनले ३ हजार नगद सहित ट्रफी जित्दा विहिदिन आधारभूत विद्यालय तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम हुने सिंहवाहिनीले ट्रफी सहित नगद जितेपछि  बिक्रम केरुङले नगद ५ हजार र देउकुमार केरुङले ट्रफी दिएका थिए।
यसैगरी दोस्रो हुने टिमलाई नगद ३ हजार सहित ट्रफी प्रदान गरियो। यो टिमलाई नगद ३ हजार शिक्षक अभिभावक संघका अध्यक्ष दलेन जवेगुले प्रदान गरे।
थोक्पन आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रम बिक्रम केरुङको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथि वडा नम्बर ७ का सदस्य कविन्द्र राना मगर थिए। शिक्षिका सुमित्रा जवेगुले संचालन गरेको कार्यक्रममा पालिकाका जनप्रतिनिधि,स्थानीय राजनीतिक दलका प्रतिनिधि,समाजसेवी,बुद्धिजीवी र शिक्षक तथा अभिभावकको उपस्थिति थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...