नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि सुरू हुँदै

काठमाडौं, १५ मंसिर । बहुप्रतिक्षित फ्रेन्चाइज लिग क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौंमा सुरू हुँदै छ ।

आठ टोली सहभागी भई पुष ६ गतेसम्म चल्ने प्रतियोगिता काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सबै टिमहरूले पनि प्रशिक्षण सकिसकेका छन् र खेल्नका लागि उत्साहित रहेको बताएका छन् ।

विभिन्न टिममा अनुबन्ध भएका विदेशी खेलाडीहरू धमाधम नेपाल आउने क्रम जारी छ । एक टिमले चारजना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान छ भने उपलब्धता हेरेर ६ जनासम्म विदेशी राख्न पाइने छ ।

एनपीएलका लागि पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले ६-६ जना खेलाडी अनुबन्ध गरेका छन् भने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले ४-४ खेलाडी अनुबन्ध गरेका छन् । अन्य चार टोलीले ५-५ जना विदेशी खेलाडी राखेका छन् ।

यसरी हालसम्म १५ देशका ४० जना विदेशी खेलाडीहरू एनपीएलका लागि अनुबन्धित छन् । शनिबार विहानसम्म १२ देशका २८ जना विदेशी खेलाडी नेपाल आइसकेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आझ दिउँसो सवा १२ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...