हिलारीका विद्यार्थीले देखाए गुहेश्‍वरी जात्राको नमूना

काठमाडौं, ७ मंसिर । काठमाडौंको गौरीघाटमा अवस्थित हिलारी इङ्लिस हाई स्कुलका विद्यार्थीहरूले गुहेश्‍वरी जात्राको नमूना देखाएका छन् ।

गएको मंसिर ४ गते गुहेश्‍वरी जात्राको दिन स्थानीय नवजागरुक युवा क्लबसँग मिलेर उनीहरूले जात्राको नमूना देखाएका हुन् ।

जात्रामा सांस्कृतिक भेषभुषामा सजिएर हिलारी स्कुलका शिक्षक-कर्मचारी तथा विद्यार्थी एवम् क्लबका युवाहरू सहभागी भएका थिए ।

काठमाडौंको गौरीघाटदेखि गुहेश्‍वरीसम्मका विभिन्न स्थानहरू हुँदै जात्रा गराइएको थियो ।

संस्कृति, भेषभूषा, रीतिरिवाज र परम्परालाई जगेर्ना र पुस्तान्तरण गर्ने अभिभारासहित यो जात्राको नमूना आयोजना गरिएको जनाइएको छ ।

गुहेश्‍वरी जात्रा हरेक वर्ष मंसिरमा काठमाडौंको गुहेश्‍वरी मन्दिर परिसरमा हुने गर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय