डा.निकिताले प्राप्त गरिन् दुई गोल्ड मेडल

काठमाडौं । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेह्रौं दीक्षान्त समारोह एक कार्यक्रम बीच धरानमा सम्पन्न भएको छ। समारोहमा विभिन्न चरणमा पढाई पूरा गरेका विद्यार्थीलाई दिक्षित गरिएको थियो।
दिक्षान्त समारोहमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओली, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलगायत दिक्षित हुने विद्यार्थी र अभिभावक समेत उपस्थित थिए।
दीक्षान्त समारोहमा डा.निकिता काफ्लेलाई उपकुलपति स्वर्णपदक र श्री हरिमान-उमा देवी स्वर्णपदकबाट दिक्षित गरिएको थियो। एकैपटक दुई गोल्ड मेडल पाउने निकिता दन्त चिकित्सकको रुपमा काठमाडौंमा कार्यरत छिन् । उनले लायन्स क्लब र वर्किंङ क्लिनिक मार्फत विभिन्न दन्त शिविर पनि सञ्चालन गर्दै आइरहेकि छिन् ।
इलाम नगरपालिका-५ बिब्ल्याटेमा जन्मिएकी डा.निकिता काफ्लेले सन् २०१६ को बीडीएस टपरले प्राप्त गर्ने गोल्ड मेडल संगै श्री हरिमान-उमा देवी स्वर्णपदक पनि प्राप्त गरेकी हुन् । सन् २०१६ पछि प्रतिष्ठानको दिक्षान्त पहिलोपटक भएको हो।

