‘ब्रेक फेल’ भएको बसले ठक्कर दिँदा दुईको मृत्यु, २० भन्दा बढी घाइते

अर्घाखाँची, १९ कात्तिक । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बसले देउसी खेलिरहेको समूहलाई ठक्कर दिई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा २० जना घाइते छन् ।
भूमिकास्थान नगरपालिका वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

