पुण्य गौतममाथि रड प्रहार, टाउकोमा एक दर्जन टाँका
काठमाडौं । नेकपा एमालेका युवा नेता एवं सामाजिक सञ्जालमा भाइरल भैरहेका सामाजिक अभियन्ता पुण्य गौतम माथी रड प्रहार गरि आक्रमण भएको छ।
जोरपाटी स्थित घर जादै गर्दा सोमबार राती उनिमाथि रड प्रहार भएको थियो।आक्रमणबाट घाइते भएका गौतमलाई छिमेकीले नेपाल मेडिकल कलेजमा पुर्याएका थिए। हाल उनको त्यहीँ उपचार भैरहेको छ। उनको टाउकोमा अगाडी र पछाडी दुई ठाउँमा गहिरो चोट छ ।
राति ९ बजेतिर मोबाइलमा बोल्दै आइरहेको बेलामा घर नजिकै उनलाई अज्ञात व्यक्तिले रडले हानेका थिए । गौतम ढलेपछि छरछिमेकीहरु आएर उद्दार गरे । तत्काल उनलाई ट्याक्सीमा हालेर अस्पताल पठाइयो। आक्रमणकारी को थिए र कतिजना थिए भन्ने खुलेको छैन। गौतमले भने आक्रमणमा एक जना मात्रै देखेको बताएका छन् ।
उनिमाथी रड प्रहार गरेर भागेको कारण प्रहरीले खोजी गरेपनी अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन। आक्रमणकारीलाई आफूले नचिनेको गौतमको भनाइ छ । सामाजिक संजाल र युटुबमा बोलिरहने गौतमको को संग रिसवी थियो भन्ने अनुसंधान भैरहेको छ।

