लायन्स लिडरहरुले बुझ्नुपर्ने समाजसेवा

रामशरण वस्नेत

हामी मानव समाज र प्रकृतिलाई आफ्नो गतिमा अगाडि वढाउन असाध्यै मेहनत गरिरहेका छौं ।अझ विकसित भनिएका देशहरुले यसमा वढिनै प्रयास गरेको देखिन्छ । संसारको सवैभन्दा अग्लो टावर समुन्द्रमा वनाइएको छ भने समुन्द्र माथि नै विमानस्थल समेत निर्माण गरिएको छ । यो त केही उदाहरण मात्र हो ।यसरी हेर्ने हो भने संसारको धेरै संरचना प्रकृतिसंग विश्वास जितेर वनाइएको छ ।

त्यसो त तीन पटक सम्म पृथ्वीलाई नै ध्वस्त बनाउन सक्ने आणविक हतियारहरु समेत वनिसकेको दाबी पनि गरिन्छ ।
खै के हो कुन्नि सुन्ने र देख्नेमा धेरै फरक हुदोरहेछ ।आँखै अगाडिका गगनचुम्वी पहाडहरु गर्ल्याम्म ढलेर सम्म वनेका छन । हामीले विकास गर्यौं भनेर निर्माण गरिएका संरचनाहरु वगरमा परिणत भएका छन । कसरि निर्माण भयो होला भनेर आश्चर्य मानेका मानव निर्मित संरचनाहरु क्षण भरमै ध्वस्त भएका छन ।

मानौं हिजो कसरी निर्माण सम्भव भयो होला भन्ने संरचनाहरु आज कहिल्यै थिएन जसरि इतिहाँसमा सिमित भएको छ । यो हाम्रै जीवनकालमा भोगेको र देखेको सत्य हो।तर, जीवन सायद यसरीनै चलाउनुपर्ने होला । Politics of hope भन्ने पुस्तक पढ्दा थाहा हुन्छ, जीवनमा सवै कुरा सकिए पनि आशा कहिल्यै सकिदैन । त्यहि आशाको जगमा वलियो गरि उभिएर अगाडि वढ्नुको विकल्प छैन ।

यस्ता विपत्तिहरुको सामना गरेर सावधानी पूर्वक फेरी पूर्वाधारहरु बन्लान र ध्वस्त भएका भौतिक संरचना ठडिएला।  तर,विस्थापित र घरवार विहिन हरेक व्यक्तिले वाँच्न पाउने अधिकार र उहाँहरुलाई मानवीय सेवा गर्ने हाम्रो कर्तव्यको कुरा सवै भन्दा पहिलो हो ।आदरणीय मित्रहरु संसारको सवै भन्दा ठूलो धनराशि भएको LCIF को गुठि मार्फत हाम्रो डिस्ट्रिक्ट ३२५ई लाई १५ हजार अमेरिकी डलर अर्थात नेपाली पैसा २० लाख रुपैया यो विपतिमा राहत सामग्री तुरुन्त व्यावस्थापनको लागि उपलब्ध गराउने प्रतिबद्धता सहित त्यो रकम को चेक नेपाल आइपुग्दै छ ।हामीले देखेको अवस्थालाई नियाल्दा यो केहि पनि होइन ।तर हामीलाई तत्काललाई सेवा गर्न केहि राहत अवश्य हुन्छ ।जतिवेला हामीले १५ हजार डलरको आकस्मिक राहतको लागि अन्तर्राष्ट्रीयमा रकम माग गर्दा भर्नुपर्ने फारममा डिस्ट्रिक्ट अन्तरगतका क्लवहरुवाट कम्तिमा ५ लाख नेपाली रुपैया संकलन गर्नु भनेर प्रष्ट भनिएको छ ।

हतारमा सर्त स्वीकार गर्दै प्रस्ताव पेश गरियो ।उतावाट पास भयो अव हाम्रो काम वाँकि रह्यो ।साथिहरु आफ्नो क्लवमा सल्लाह गरेर अप्ठ्यारो नपर्ने गरि सवै साथिहरुले क्लव वा व्यक्तिगत तर्फवाट क्याविनेट ट्रेजरर लायन प्रमोद घिमिरेको खातामा रकम जम्मा गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।हामी सेवा गर्छौं भन्ने हाम्रो मोटो र जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मूल मन्त्रलाई मनमा सजाई एकपटक फेरि पनि मानवीय वेदनामा मलमपट्टि लगाउने कार्यमा अलिकति मेहनत गरौं । सेवा नै धर्म हो ।जय होस ।जय लायनवाद ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय