भैरव पुरस्कारबाट तीन श्रष्टा पुरस्कृत

काठमाडौं । यस वर्षको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित गाम्नागेलाई शनिबार सम्मान गरिएको हो।

भैरव पुरस्कार गुठीले काठमाडौं गोकर्णेश्वर स्थित जोरपाटीमा आयोजना गरेको कार्यक्रममा भैरव पुरस्कारबाट हास्य व्यंग्य साहित्यकार गाम्नागे संगै भैरव वाङ्मय पुरस्कारबाट बरिष्ठ साहित्यकार तथा कोषकार चुडामणि गौतम र भैरव प्रतिभा पुरस्कारबाट बरिष्ठ हास्य कलाकार एवं चरीत्र अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको थियो।

भैरव स्मृति दिवसको सन्दर्भमा गुठीको आफ्नै भवनमा पुरस्कार प्रदान गरेपछि भैरव पुरस्कार गुठी सन्चालक समिति अध्यक्ष रोचक घिमिरेले पुरस्कृत व्यक्तित्वलाई बधाई सहित शुभकामना दिएका थिए।

कार्यक्रममा साहित्यकार एवं कलाकार र सिस्नोपानी नेपालका सदस्यहरुको उल्लेख उपस्थिति थियो। सोही अवसरमा नेपाली भाषाको दुई कृति बिमोचन पनि गरियो।

सो अवसरमा संविधान सभा सदस्य रामेश्वर फुयाल,साहित्यकार डा.रामप्रसाद ज्ञवाली सहित विभिन्न साहित्यकारले मन्तव्य सहित आ-आफ्ना रचना बाचन गरेका थिए। सोही क्रममा भैरव अर्यालले रचना गरेको कवितालाई गित मार्फत प्रस्तुत गरिएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय