बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय नाघ्यो, अझै केही बेपत्ता

काठमाडौ। अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या दुई सय नाघेको छ। यो बिपत्तिमा अझै ३० जना भन्दा बढी बेपत्ता भएका छन् ।

प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय