रास्वपा भित्र सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने त्रास !

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ पर्न लागेको हल्लापछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ता पार्टी मुख्यालय चमती,बनस्थली पुगेका छन् ।

सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसमेत प्रहरी निगरानीमा परेको सूचना बाहिर आएपछि कार्यकर्ता त्यहाँ पुगेका हुन् ।

जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो ।

सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिएलगत्तै प्रहरीले छविलाल बन्जाडे जोशीलाई पक्राउ गरि कास्की लैजादै छ ।रविलाई पनि आजै पक्राउ गर्नेगरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको र पक्राउ पर्न सक्ने अनुमान धेरैले गरेका छन् । सभापति लामिछाने अहिले पार्टी कार्यालय मै रहेको स्रोतले बतायो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय