हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, ३० भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखी साधारणतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका भू-भाग सामान्यतया सफा रहेका छन्।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
त्यसैगरी राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।