बागलुङको गलकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु
बागलुङ । बागलुङको गलकोट नगरपालिका-२ नरेठाँटीको भुङ्खानीमा सरकारी पिकअप जिप दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले उद्दार चलिरहेको छ । घटनाको बिस्तृत विवरण आउन बाकी छ।

शुक्रबार विहान सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृतकको पहिचान खुलेको छैन । जिप सडकदेखि झण्डै सात सयम मिटर तल खसेको छ ।
मृत्यु र घाइते हुने कसैको पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।घाइतेलाई धौलागिरी अस्पताल बागलुङमा पठाइएको छ ।
पिकअप जिप मध्यपहाडी लोकमार्गदेखि करीब ३०० मिटर तल खसेको अनुमान गरिएको छ ।गलकोट नरेठाटीबाट प्रहरी सहायक निरीक्षक ढकबहादुुर हमालको कमाण्डमा पाँच जना र इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षक देवराज काफलेको कमाण्डमा ७ जनाको टोलि घटनास्थल तर्फ गएका छन् ।