कोशीमा कांग्रेसले मन्त्रीको सूची बुझाउँदा शेखर टीम आउट !
हेर्नुस् कसको कोटाबाट को ?काठमाडौं, २८ भदौ । नेपाली कांग्रेस भित्रको लफडाले कोशी प्रदेशमा लामो समयसम्म मन्त्रीपरिषद बिस्तार हुन नसकेको अवस्थामा शेखर कोइराला र गगन थापा समुहलाई आउट गरेर मन्त्रीको नाम टुंग्याइएको छ ।

पार्टीको आन्तरिक विवादका कारण मन्त्री छान्न नसकेपछि यहाँ मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । डा.शेखर कोइरालाको गृहनगरमा नै उनलाई आउट गरेर मन्त्रीको नाम टुंगो लागेको छ। अचम्म के छ भने शेखर-गगन समुह आउट हुँदा कृष्ण सिटौला गुट भने हावी भएको छ।सरकारमा सहभागी मन्त्रीको नेतृत्व गर्ने भौतिक मन्त्रालय र राज्यमन्त्री सिटौलाको गुटले पाएको छ।

सिटौला गुटकै नेता रहेका प्रदेश सभापति एवं कांग्रेस संसदीय दलका नेता उद्धव थापाले एक राज्यमन्त्री र तीन मन्त्रीको नाम मुख्यमन्त्री हिक्मत कार्कीलाई आज बुझाएका हुन् । मन्त्रीहरुको सपथ केहिबेरमा हुँदैछ।
बुझाइएको नाम मध्य प्रदेश महामन्त्री भूपेन्द्र राईले नेतृत्व गर्ने भएका छन् । राई भौतिक पूर्वाधार मन्त्री हुने पक्का छ।यसैगरी भौतिक पूर्वाधार राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशी नियुक्त हुँदैछन् । राई र राजवंशी दुवैजना कृष्ण सिटौला समूहका हुन् ।
उद्योग पर्यटन, वन मन्त्रालयमा सुनसरीका सदानन्द मण्डल जाँदै छन् । उनी सुनसरीका ज्ञानेन्द्रबहादुर कार्की र विजय गच्छेदारको कोटाबाट मन्त्री बनेका हुन् ।
उता पार्टी सभापति शेरबहादुर देउवाको कोटाबाट ताप्लेजुङका खगेनसिङ हाङमाङ उद्योग, कृषि र सहकारी मन्त्री बन्ने भएका छन् । तर, यो बिषयले पार्टी भित्र पुनः लफडा हुने देखिएको छ।