हावाहुरीसहित पूर्वमा मध्यम तथा पश्चिममा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, २८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।

अहिले गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यसैगरी राति सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...