सांसद पद जोगिने ग्यारेन्टी भए माधव नेपालका ५ सांसद एमाले प्रवेश गर्ने

काठमाडौं । महाधिवेशन सकिए लगत्तै पार्टी एकढिक्का भएर संगठन निर्माणमा लाग्ने प्रतिबद्धता जनाएको केही दिनमै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा भाँडभैलो शुरु भएको छ।

पार्टीको पदाधिकारी र पोलिटब्युरोको निर्वाचनमा नेतृत्वले नै गुटबन्दी गरि चिट बाँढेर केही नेतालाई हराएको भन्दै उपाध्यक्षमा पराजित केशवलाल श्रेष्ठ, रामकुमारी झाँक्रीसहित ५० भन्दा बढी नेता एमालेमै फर्किने तयारीमा रहेको बुझिएको छ । जसमा ५ जना बहालवाला संघीय सांसद एवं पुर्व मन्त्री समेत छन् ।

यस बिषयमा परामर्श गरिरहेका नेताहरू मध्य झाँक्री सहित केहिले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बालुवाटार पुगेर भेटेका छन् । उनीहरुको भेटपछि अध्यक्ष  ओलीले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिन तयार रहेको वचन समेत दिएको स्रोतले बतायो। तर, एमाले फर्किन चाहने मध्य केहि सांसदले भने आफ्नो पद नजानेगरी एमालेमा जाने उपायको खोजी गरिदिन ओलीलाई गुहारेका छन् ।

नेकपा एसमा सचीव हुँदा समेत एमाले अध्यक्ष ओलीको समर्थनमा अभिव्यक्ति दिने गरेकी उपाध्यक्षमा पराजित झाँक्रीले दुई दिन अघि पनि सामाजिक सञ्जाल एक्स(टुइटर)मा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको समर्थन गरेकि थिइन् । जतिबेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र ओलीका समर्थक बीच फेसबुकमा फ्लो र ‘अनफलो’ अभियान चलिरहेको थियो ।

त्यसैबेला ओलीको समर्थनमा झाँक्रीले ‘एमालेका संगठित सदस्यले चाहे ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ’ भन्दै ढाडस दिएकी थिइन् । त्यसलाई पनि झाँक्रीको संभावित एमालेकरण भनेर टिप्पणी गरिएको छ। त्यसो त रामकुमारी मात्रै होइन सांसदहरु किसान श्रेष्ठ,प्रेम आले,धनबहादुर बुढा पनि एमाले फर्किने तयारीमा रहेको बुझिन्छ।

बर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले २०७७ पुस ५ र २०७८ वैशाख ८ मा दुईपटक संसद् विघटन गरेपछि माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरूले एमालेबाट विद्रोह गर्दै नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए। २०७८मा गठन भएको पार्टी ५ बर्ष सम्म फुट्न नमिल्ने हुनाले पार्टी नै फुटाएर एमालेमा जानसक्ने अवस्था छैन। यद्यपि एकीकृत समाजवादीको भदौ ९ देखि ११ सम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठक र त्यसपछि पदाधिकारीको लागि भएको आन्तरिक निर्वाचनले यतिबेला पार्टी भाडभैलोको अवस्थामा पुगेको छ।

पार्टी अध्यक्ष,सम्मानित नेता,बरिस्ठ उपाध्यक्ष र महासचिवमा बाहेक १८ सदस्यीय पदाधिकारी चयनका लागि चुनाव हुँदा झाँक्री सहित,केसबलाल श्रेष्ठ,बिरोध खतिवडा,डा.बिजय पौडेल,दिर्घ सोडारी,धनराज आचार्य लगायत नेता पराजित भए। तर, तिनै भोटरबाट पदाधिकारी पराजित भएका नेतालाई नाटकिय ढंगले पोलिटब्युरोमा सर्बाधिक मतले बिजयी गराइयो भन्ने आरोप नेतृत्वलाई लागेको छ। उक्त निर्वाचनले १८ पदाधिकारी र १०१ पोलिटब्युरो निर्वाचित गरेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय