ओलीले भने- एमाले फोहोरको ढल होइन, कि राजनीति गर्नु कि मोजमस्ती’

काठमाडौं, २० भदौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई राजनीति वा मोजमस्ती मध्य एक रोज्न कडा निर्देशन दिएका छन् ।

पार्टीको पोलिट्ब्युरो बैठक समापन गर्दै अध्यक्ष ओलीले कतिपय नेता कार्यकर्तामा चारित्रिक विचलन देखिएको भन्दै पार्टी छाड्न वा मोजमस्तीमा लाग्न दुईमध्ये एक विकल्प रोज्न भनेका हुन्। उनले पार्टीभित्र अनुशासनहीन, नैतिकहीन र चरित्रहीन गतिविधि बढेको विषय उठेपछि यस्तो बताएको नेताहरूको बुझाइ छ।

ओलीले एमाले यस्ता विषयमा प्रष्ट छ भन्दै राजनीति गर्ने कि इन्जोय गर्ने ? एउटा विकल्प रोज्न पटकपटक आग्रह गरे।’ अनुशासनहीन र चरित्रहीन गतिविधिमा कसैलाई छुट छैन’-अध्यक्ष ओलीले भने। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमाले पार्टी कुनै ढल नभएको र चरित्रमा ध्यान दिन नेताहरुलाई निर्देशन दिए।

कतिपय नेताहरुमा काठमाडौं बस्ने र नेतृत्वलाई कुरा लगाउँदा हुन्छ भन्ने भ्रम रहेको भन्दै ओलीले अर्को कटाक्ष पनि गरे । ‘सबै आफ्नो कार्य क्षेत्र जानु होला । काठमाडौं बसेर नेताको वरिपरी घुमेर हुँदैन’-ओलीले भने,-‘धेरैले मलाई कुरा लगायो भन्नु हुन्छ, त्यस्तो होइन । मसँग सुन्नलाई कान मात्र छैन, खोपडी पनि छ, विवेक पनि छ।’

पार्टीमा सैद्धान्तिक र वैचारिक विषयमा कुनै समस्या नरहेपनि व्यवहारमा ध्यान दिनुपर्नेमा अध्यक्ष ओलीको जोड थियो ।उनले पार्टीभित्र चरित्रहीन गतिविधि बढेको बारे फेरि दोहोर्‍याए,‘यो पार्टी कुनै ढल होइन । कि राजनीति गर्नु कि मोजमस्ती ।’

दुई दिन सम्म बसेको पोलिटब्यूरो बैठकले विभिन्न १५ वटा समसामयिक प्रस्तावहरु पारित गरेको छ। बैठकमा कांग्रेससँगको सत्ता सहकार्य ०८४ सम्म नटुट्ने तर ०८४ को चुनावमा कसैसँग गठबन्धन वा तालमेल सम्म नगर्ने कुरा समेत उठेको थियो।यसैगरी  माओवादी सत्ताबाट बाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्ड बर्बराउन थालेको र माओवादीसँग पनि एकता वा गठबन्धनको संभावना नरहेको औंल्याइयो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...