टानमा माओवादी बिजयी,कांग्रेस-एमाले उम्मेदवार पराजित
काठमाण्डौ ।ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा माओवादी निकट पर्यटन व्यवसायी सागर पाण्डे विजयी भएका छन् ।
माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस-एमाले निकट पर्यटन व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् । पाण्डेले ५ सय ८० मत पाएर विजयी हुँदा सापकोटाले ४ सय ८० मत प्राप्त गरे ।
बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५ सय ५८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४ सय ८६ मत मात्रै पाए। प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५ सय ३५ मतसहित विजयी भए भने अर्का दावा लामा (तामाङ) ले ५ सय १० मत पाए।
यसैगरी द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५ सय ४४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी निशेष थापाले ४ सय ९३ मत पाएको निर्वाचन समितिले जनाएको छ।
महसचिवममा भने पाण्डे समूहका सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन्। उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन्। त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्।
सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन्।
यही भदौ १७ गतेदेखि सुरु भएको टानको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। निर्वाचनमा दुई वटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो।