परेवान्युज डटकम तेस्रो वर्षमा !

 

परेवान्युज डटकम सोमबारदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७९ भदौ १७ देखि सञ्चालनमा आएको परेवान्युजले गएको दुई वर्षमा नेपालमा डिजिटल मिडियालाई ‘तथ्य सहितको सत्य’ एवं विश्वसनीय र व्यावसायिक रुपमा स्थापित गर्न आफ्नो ठाउँबाट प्रयास गर्दै आइरहेको छ। हामीलाई यो अवस्थामा ल्याईपुर्‍याउन परेवान्युजसँग प्रत्यक्ष जोडिएको र अप्रत्यक्ष साथ,सहयोग गरिरहेको टीमको समेत महत्वपूर्ण भूमिका रह्यो ।

खासगरी समाचारलाई आफू अनुकुल प्रकाशित गर्ने र राजनीतिक दल, सामाजिक संस्था, राज्यका सबै अंगको कामको विरोध मात्रै गर्ने कुरालाई हामीले निषेध नै गर्‍यौं । नयाँनयाँ खबर र श्रृंखलाबद्ध रिपोर्टहरूसँगै हामीले जनचासो र व्यक्ति व्यक्तित्वको विषयमा समेत सकारात्मक ढंगले विश्लेषण गरेर प्रकाशित गर्दै आयौं । यो हाम्रो भोलिको लागि पनि मार्गनिर्देश हुनेछ। समाचार लेख्दा र विश्लेषण गर्दा हामी कसैका लागि नजिक र कसैकालागि टाढा हुनेछैनौं ।

कसैले गरेको कामको गुण र दोषको आधारमा समर्थन र बिरोध हुनसक्छ तर कुनै पुर्वाग्रह लिएर हामी कसैप्रती रिस र द्वेष राख्दैनौ । यस सन्दर्भमा पाठक एवं दर्शक र शुभेच्छुकहरूबाट पाएका सुझाव र प्रतिक्रियाले हामीलाई थप सशक्त रुपमा अगाडि बढ्न उर्जा मिलेको छ। हामी यसैलाई आफ्नो सम्पत्ति ठान्नेछौं ।तेस्रो वर्ष प्रवेशको यो अवसरमा हामी हाम्रा सबै पाठक, शुभेच्छुक र व्यावसायिक संस्थाहरूलाई धेरै धन्यवाद दिन चाहन्छौं।

राष्ट्रको हितसंगै लोकतन्त्रका मूल्य-मान्यता, आर्थिक-सामाजिक र राजनीतिक परिवर्तन र नागरिक अधिकारप्रति परेवान्युज सधैं प्रतिबद्ध छ। सत्यसँगै तथ्यको नजिक हुने कुरामा हामी सन्तुलित ढंगले आफ्नो पत्रकारिता यात्रालाई निरंतरता दिनेछौं।तपाईं सबै सहयोगी,शुभेच्छुक एवं पाठकका सुझाव र प्रतिक्रियालाई हामी नयाँनयाँ खबर र सन्तुलित बिचारसहित पस्किनेमा दृढ छौं । धन्यवाद !!!

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...