लायन्सद्वारा दुई विद्यालयका विद्यार्थीलाई कपि वितरण

काठमाडौं । लायन्स क्लबले काठमाडौंको नक्साल स्थित नन्दी माद्यामिक विद्यालय र कमल आधारभूत विद्यालयमा कपि वितरण गरेको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ई को जोन ४ अन्तर्गत रहेका लायन्स क्लब अफ काठमाडौं झ्यारुङ खास्योर र लायन्स क्लब अफ काठमाडौं यूथ बैंकर्सको आयोजनामा नन्दी माविका ७० र कमल आधारभूत विद्यालयका १७० जना विद्यार्थीलाई कपि प्रदान गरिएको नवीन बज्र लामाले जानकारी दिए।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ ई का फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर हरि गुप्ताले प्रमुख अतिथिको रुपमा सहभागिता जनाएका थिए। यसैगरी सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर श्याम यादबको विशेष आतिथ्यता एवं कपि बैंक चिफ सुर्य तामाङ, जिईटी को अर्डिनेटर अजय खनाल, एरिया चिफ को अर्डिनेटर राजन श्रेष्ठ, चिफ एडमिनिष्ट्रेटर बिमल श्रेष्ठ लगायत लायन्स लिडरहरुको उपस्थिती रहेको थियो।

जोन चियरपर्सन नबिन बज्र लामाको सभापतित्वमा भएको कार्यक्रममा कपी एनपिओ लालीगुराँस कोबे जापान र माइकी सिटी जापानले उपलब्ध गराएका थिए ।



