पाँचथरमा ग्रिनेड विस्फोट हुँदा दुई बालबालिकाको ज्यान गयो
जेबी चाम्लिङ
पाँचथर, १४ भदौ । पाँचथरको फालेलुङ गाउँपालिका-५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा अन्य बालबालिका समेत घाइते छन् ।
ग्रिनेड पड्किँदा घाइते भएका चार बालबालिकामध्ये दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । गम्भीर घाइते उनीहरुको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो ।
स्थानीय आइतराज केरुङको घरमा बिहिबार दिउँसो साढे ३ बजेतिर भएको विष्फोटमा परी दिलीपकै चार छोराछोरीहरु परेका हुन् ।
९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।
माओवादी सशस्त्र युद्धकै समयमा छाडिएको ग्रीनेड बच्चाले खेलाउदा पड्केको स्थानीयको भनाइ छ।घटना स्थलमा थप बिष्फोटक पदार्थ छ/ छैन भन्ने अध्यन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलि त्यहाँ पुगेको छ। अहिले पनि घटनास्थल वरपर स्थानीय त्रसित छन् ।

