एलिशाको हत्यामा श्रीमान ! सालोलाई भने-‘तिम्रो दिदीलाई अन्जानमै मारें, माफ गर…’

काठमाडौं, १४ भदौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१० स्थित रत्ना होटलमा गत सोमबार मृत भेटिएकी एलिशा न्यौपानेको आफ्नै श्रीमानबाट हत्या भएको खुलेको छ।

हत्याको २ दिनमै प्रहरीले उक्त घट्नामा श्रीमान समीर खानको संलग्नता भएको तथ्य भेटेको हो। समीर र एलिसाले २०७६ सालमा प्रेम विवाह गरेका थिए। तर, समिरको यसअघि नै बिहे भएको र जेठी श्रीमती घरमै रहेको पनि खुलेको छ।

हत्यापछि समिरले सालो(एलिशाको भाइ) एलिश न्यौपानेलाई मेसेज पठाएर ‘मैले तिम्रो दिदीलाई अञ्जानमै मारेँ। मलाई माफ गरिदेउ। म सजाय भोग्न तयार छु’ भनेको प्रहरीले पत्ता लगाएको छ । यद्यपि समीर पक्राउ परिसकेका छैनन् । प्रहरीले समिरकी जेठी श्रीमतीसहित परिवारका अन्य सदस्यलाई भने हिरासतमा लिएको छ।

होटलमा एलिशाको सव भेटिएपछि सामाजिक संजालमा अनेकौं टिप्पणी आएका थिए। एलिशा अर्कै पुरुषसँग होटल गएको भन्ने अफवाह समेत फैलाइएको थियो। तर, उनलाई श्रीमानले नै होटल लगेर हत्या गरेको बुझियो। होटलको सिसिक्यामेरामा भाग्दै गरेका एक पुरुष देखिन्छन् जुन उनै समीर भएको प्रष्ट भइसकेको छ।

हत्या गरिएकी एलिशाको जीवन निकै कष्टपुर्ण थियोे भन्ने दु:खद कहानी पनि छ। आमाले सानैमा छाडेकी एलिशा बुवाको मृत्युपछि फुपूको घरमा बस्थिन् भने उनका भाइ एलिशलाई अनाथालयमा राखिएको थियो। आमाले छाडेपछि बुबाले अत्यधिक रक्सी खाने गरेको र हजुरबुबा हजुरआमाले उनीहरुको लालन पालन गरेका थिए। तर हजुरबुवा हजुरआमाको मृत्युसँगै बुबाको पनि मृत्यु भएपछि एलिशा फुपुको घर पुगिन् भने एलिश अनाथालय पुगे।

फुपूको घरमा बसेकी एलिशालाई स्कुल पढ्दा पढ्दै समिरले मायाजालमा पारे। दुवैले भागी बिहे गरेपनि एलिशालाई समिरले घर लगेनन। हेटौंडा-४ कमलडाँडा घर भएका समीर खानको घरमा श्रीमती थिइन् । समीरले एलिशालाई घरमा नराखेर बाहिर नै कोठा खोजेर राख्दै आएका थिए। तर,आफू चाहिँ घरमा आउजाउ गर्थे।

त्यसपछि उनीहरु केही समय पोखरा पनि बसे। त्यसको लगत्तै एलिशा दुबई पनि गइन। तर, समिरले पुनः बोलाउन थालेपछि ३ महिना मै दुवईबाट एलिशा नेपाल आइन् र काठमाडौमा कोठा लिएर समिरसँगै बसिन्। काठमाडौंमा बस्दै आएकी एलिशालाई समीरले भदौ ९ गते आइतबार हेटौंडा बोलाए । त्यो दिन पहिलोपटक एलिशालाई समीरले घरमै लगे । तर, घरमा झगडा परेको र त्यसपछि उनीहरु होटलमा गएको बुझिन्छ ।

जब होटलमा मृत अवस्थामा एलिशाको शव भेटियो अनि मात्रै अन्य रहस्य खुल्दै गए। होटल पुगेका समिर एलिशालाई हत्या गरेर सोही रात ९ बजेतिर होटलबाट निस्केको देखिन्छ। होटलमा नाम एलिशाको लेखिएकोले पनि समिरले मार्ने उदेश्यले नै होटल पुर्‍याएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । प्रहरीले समीरको खोजी गरिरहेको छ।

समीरका आमा, बुवा र जेठी श्रीमती हिरासतमा छन् । समीर फरार छन् । उता एलिशाको शव भने चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पोष्टमार्टम गरेर राखिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...