महिलाको जिम्मेवारी ठूलो छ: परराष्ट्रमन्त्री राणा

काठमाडौं, १३ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली महिलाले घरको काम सकेर पनि समाज र राष्ट्रको जिम्मेवारी समेत उठाउन थालेकोमा खुशी व्यक्त गरेकी छन् ।

उनले महिलाहरु हरेक समस्यालाई सामान्य रुपमा लिन सक्ने क्षमताको भएकोले उनीहरुको हृदय कोमल हुने भन्दै आवस्यक परेको बेला जुनसुकै अवस्थाको सामना गर्न पनि महिलाले सक्ने बताइन् ।उनले चुलो चौकामा मात्रै सिमित नभई महिलाहरु सामाजिक र राजनीतिक जिम्मेवारी लिन पनि सक्षम भएर अगाडि आएको दाबी गरिन् ।

नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले हरितालिका तीजको अवसरमा आयोजना गरेको तिजको दर खुवाउने कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएकी हुन् ।उनले महिलाको काधमा समाज र घरपरिवारको समेत ठुलो जिम्मेवारी हुने भन्दै हरेक परिस्थितिसँग जुध्नसक्ने महिला नै भएको बताइन् ।

पछिल्लो समय आत्महत्याको घटना बढेको प्रती दु:ख व्यक्त गर्दै उनले जस्तोसुकै समस्यासँग लडेर महिलाले नै समाज रुपान्तरण गर्न सघाउन सक्ने पनि बताइन् ।महिला भनेको घरको मात्रै होइन समाजको पनि सुधारक भएको भन्दै परराष्ट्र मन्त्री देउवाले महिलाले सामाजिक अभियन्ता बनेर पनि धेरै ठुला जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डिला सङ्रौला, वाग्मती प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँ, सहमहामन्त्री जीवन डङ्गोल लगायत नेताले तिजको शुभकामना दिएका थिए।

कार्यक्रममा महिला संघ जिल्ला सभापतिहरु,पार्टी महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि एवं क्षेत्रका महिला सदस्य लगायत पार्टी नेताहरू सहभागी थिए।

तस्वीरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...