कांग्रेस वाग्मती प्रदेश समितिले आज दर खुवाउने

काठमाडौं ।नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले हरितालिका तीजको अवसरमा प्रदेश अन्तर्गत १३ वटै जिल्लाका महिला प्रतिनिधिलाई आज दर खुवाउने भएको छ।

आज(बिहिवार) बिहान ११ बजे काठमाडौं स्थित अनुपम फुडल्याण्डमा महिला संघ जिल्ला सभापति,पार्टी महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि एवं क्षेत्रका महिला सदस्यलाई सामुहिक दर खुवाउने कार्यक्रम रहेको नेपाली कांग्रेस वाग्मती प्रदेश सदस्य एवं दर खुवाउने कार्यक्रम प्रचारप्रसार संयोजक नानु दाहालले जानकारी दिइन् ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एवं परराष्ट्र मन्त्री आरजु राणा देउवाको प्रमुख आतिथ्यता रहने र वाग्मती प्रदेश समिति सभापति एवं पुर्व गृहराज्यमन्त्री ईन्द्र बानियाँ लगायत नेताको विशिष्ट उपस्थिति रहनेछ।

प्रदेश सहमहामन्त्री एवं महिला समिति प्रमुख जीवन डंगोलको संयोजकत्वमा रहेको तिजको दर खुवाउने कार्यक्रममा सबै अतिथि एवं सहभागीलाई निम्तो गरिसकिएको र कार्यक्रमको सबै तयारी भएको समितिले जनाएको छ।

“परम्परा,संस्कृति र संस्कारको जगेर्ना गर्दै पहिचान,सशक्तीकरण र समृद्धिको कामना” भन्ने उद्घोष सहित आयोजना गरिएको उक्त कार्यक्रममा वाग्मती प्रदेश अन्तर्गत १३ वटै जिल्ला, प्रदेस समिति र प्रदेश सरकारमा सहभागी मन्त्री एवं सांसदलाई समेत उपस्थितिका लागि निम्ता गरिएको प्रचारप्रसार समिति संयोजक दाहालले जानकारी दिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय