कामपा ६ नम्बर वडा कार्यालय भवनको शिलान्यास
काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं. ६ को नयाँ भवन सोमबार शिलान्यास गरिएको छ।
कामपा-६ बौद्ध पिपलबोटमा बन्ने वडा कार्यालयको नयाँ भवनको नेपाली कांग्रेसका नेता एवं वागमती प्रदेश सभा सदस्य र प्रदेश मामिला सभापती छिरिङ दोर्जे लामाले शिलान्यास गरेका हुन् ।
वडा कार्यालयको यो भवन ४ करोड २४ लाखको लागतमा बन्न लागेको वडा अध्यक्ष भुवन लामाले जानकारी दिए।
बौद्ध धर्म गुरु पुर्ण लामाले विधिवत् पूजा तथा मंगलपाठ गरि भवन शिल्यान्यास गराएका थिए।
सो अवसरमा वडा सदस्य तथा कर्मचारी र स्थानीयको उपस्थिती रहेको थियो ।