रामेछापमा पहिरो: दुईको मृत्यु, एक घाइते, केहीको अवस्था अज्ञात

-फाइल तस्वीर

काठमाडौं, ९ भदौ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका – ३ लेकखर्कमा आइतबार विहान पहिरोमा परी केही घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन् ।

आइतबार विहान २-३ बजेको समयमा अविरल वर्षापछि आएको पहिरोले लेकखर्कमा रहेको ३ घरमा पूर्णरुपमा क्षति तथा एक घरमा आंशिक क्षति पुर्‍याएको हो रामेछाप प्रहरीले परेवान्युजलाई जानकारी दिएको छ । पहिरोमा परी एकजना घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि लगिएको छ ।

प्रहरीका अनुसार घटनास्थल विकट ठाउँमा भएकाले पुग्‍न केही कठिन छ । घटनास्थलतर्फ जाने बाटोको पुलमा पनि बाढीले क्षति पुर्याएपछि पैदल हिँडेर जानुपर्ने भएकाले प्रहरी, प्रशासन र  चिकित्सकको टोली त्यहाँ पुग्न अझै केही समय लाग्ने बताइएको छ ।

केही व्यक्तिहरुको अवस्था अज्ञात रहेकाले उनीहरु कतै बसेर सम्पर्कविहिन भएको पनि हुनसक्ने वा पहिरोमै हराइरहेको पनि हुन सक्ने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय