अलौकिक साकोस र सबल समाजको रक्तदान
काठमाडौं, ८ भदौ । काठमाडौ-६ बौद्ध महाङ्कालमा रहेको एक सहकारी संस्था र अर्को सामाजिक संस्थाको सक्रियतामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बिगत १९ बर्षदेखी निरन्तर सामाजिक काम र रक्तदान आयोजना गर्दै आएको सबल समाज र अलौकिक सपनावती साकोसको संयुक्त आयोजनामा महाङ्काल स्थित ज्ञात अज्ञात सहिद स्मृति उद्यानमा रक्तदान सम्पन्न भएको हो।
सवल समाजका सदस्य पुष्कर नेपालले दिएको जानकारी अनुसार उक्त रक्तदानमा दुबै संस्थामा आवद्ध तथा स्थानीय र अन्य सहित ७५ जनाले रक्तदान गरेका थिए । गत बर्ष यहि ठाउँमा ७२ जनाले रक्तदान गरेका थिए।
रक्तदानमा स्थानीय समाजसेवी चेत बहादुर कार्कीले पहिलो रक्तदान गरेका थिए।संस्थाले कोरोनाको समयमा समेत सामाजिक कार्य र रक्तदान गरेको थियो। यस क्षेत्रमा उदाहरणीय कार्य गर्ने अग्रणी संस्था मध्यमा यी संस्था पनि पर्दछन् ।