रवि लामिछानेलाई ठग प्रमाणित गर्न सक्छु-मुकुल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बर्खास्त गरेका महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई ठग प्रमाणित गर्न सक्ने ताकत आफुसँग रहेको बताएका छन् ।
पार्टीले लिएको एक्सनबारे स्पस्टिकरण दिदै ढकालले लेखेका छन् -‘रवि लामिछाने,तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहिको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् । तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’
रास्वपाको पछिल्लो केन्द्रिय समिति बैठकले महामन्त्री ढकाललाई अन्तिम स्पस्टिकरणको मौका दिने निर्णय गरेको छ। यद्यपि ढकालले भने बिज्ञप्ति जारी गरि पार्टी सभापतिको सबैखाले भण्डाफोर गरेका छन् ।