सुतिरहेका बेला आएको पहिरोले चारजनाको ज्यान लियो

बझाङ, ३ भदौ । बझाङमा अविरल वर्षापछि आएको पहिरोमा परी चारजनाको ज्यान गएको छ । सोमबार मध्यराति करिब १ बजेको समयमा बुंगल नगरपालिका-१० को टुमेडामा घरमाथिबाट आएको पहिरो खस्दा सुतिरहेका चारजनाको ज्यान गएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार स्थानीय विर बहादुर धामीको घर माथिबाट एक्कासी पहिरो आई घर भित्र सुतिरहेका १० जना मध्ये ६ जना भागेर ज्यान बचाउन सफल भएका थिए ।

अन्य ४ जना बेपत्ता रहेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता भएका ४ जनाको शव प्राप्त भएको थियो । घाइते ६ जनाको उपचार पश्चात् अवस्था सामान्य रहेको र अन्य उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...