पशुपतिमा जनैपूर्णिमाको उल्लास (तस्वीरहरु)

प्रतिक भट्ट

काठमाडौं, ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ । आज जनै पूर्णिमाका अवसरमा देशभर सार्वजनिक बिदा पनि दिइएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा मन्दिर दर्न गर्ने, पूजा गर्ने र डोरो बाँध्ने भक्तजनहरुको विहानैदेखि भीड लागेको छ ।

तस्वीरहरु हेरौं:

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय