जनार्दन एक्ल्याउन प्रचण्डले नारायणकाजी र वर्षमानलाई उचाले

काठमाडौं, १ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३८ बर्षको साम्राज्य विरुद्ध धावा बोलेका पार्टी उपमहासचिव जनार्दन शर्मालाई एक्ल्याउने तयारीमा केही नेताहरू लागेका छन् ।

भर्खरै सम्पन्न स्थायी समिति बैठकमा फरक प्रस्ताव पेस गरेका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ लाई अध्यक्ष प्रचण्डले जुनसुकै अवस्थामा पनि एक्ल्याउने तयारी गरेको बुझिएको छ। बाहिर जनार्दनको प्रस्ताव सहि छ भन्ने तर बैठकमा उनको प्रस्तावलाई खुलेर समर्थन नगर्ने नेताहरूकै कारण जनार्दन एक्लिने भएका हुन् ।

२०४२ सालदेखी प्रचण्ड सो पार्टीको महामन्त्री र अध्यक्ष छन् । अब नेतृत्व फेर्ने जनार्दनको प्रस्ताव छ। यद्यपि यसअघि पनि नेतृत्व परिवर्तनको बहस चलाउदा एक्लिनु परेको थियो। यसपटक जनार्दनले नेतृत्वको तीन विकल्पसहित पार्टी निर्माणका बारेमा १४ पृष्ठको फरक प्रस्ताव ल्याएका छन् । आफू एक्लिए पनी आफुले पेस गरेको फरक प्रस्ताव तल्लो तहसम्म छलफलमा लैजानुपर्ने अडान भने जनार्दनले राखेका छन् । यसमा अध्यक्ष प्रचण्डले मौखिक सहमति जनाएपनि जनार्दन समूह विश्वस्त छैन।

पार्टी बैठकमै पनि अध्यक्ष प्रचण्डले पार्टी भित्रको आन्तरिक विषय बाहिर लगेको भन्दै उपमहासचिव जनार्दनप्रती असन्तुष्टि राखेका थिए। त्यसबेला पनि जनार्दनले डटेर प्रतिवाद गरेपछि प्रचण्डले आन्तरिक छलफलका विषय बाहिरिएकोमा प्रचण्डले असन्तुष्टि पोखेका थिए । शर्माले आफ्नो अडान नछाडेपछि पार्टीको निर्णयसहित फरक प्रस्तावलाई छलफलका लागि समेटेर लैजान प्रचण्ड तयार भएका थिए ।

प्रचण्डले जनार्दनलाई थामपुर पार्न बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का उपमहासचिव वर्षमान पुन अनन्तलाई लगाएका थिए। पार्टीभित्र देखिएको अन्तरविरोधलाई हटाउँदै प्रचण्डको पद समेत जोगाउन नारायणकाजी र बर्षमान पुन लागिपरेको जनार्दन पक्षको आरोप छ।बैठक मै जनार्दनले लगाएका आरोप अध्यक्ष प्रचण्डले अस्वीकार गरेका थिए।

पार्टी निर्माण, विकास र समृद्धिको बाटो तय गर्ने सन्दर्भमा कार्ल मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको समेत कमीकमजोरी भएको शर्माले प्रस्तावमा उल्लेख गरेका थिए । उनले माओवादीमा पनि पार्टी र आन्दोलनमा अन्तरसंघर्ष र दुई लाइन संघर्ष सञ्चालन गर्ने सन्दर्भमा एकथरीले अन्धसमर्थन गर्ने र अर्कोथरीले वर्गसंघर्षकै रुपमा बुझ्ने प्रवृत्ति हावी भएको आरोप लगाएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...