पशुपति कोटीहोमका मुख्य आयोजक बिजय कृष्णमुर्तिलाई पक्राउ गरिदै !

काठमाडौं ।पशुपतिनाथ मन्दिर परिसरमा एक महिना लामो कोटिहोम संचालन गरि सम्पन्न गरिसकेका मुख्य आयोजक बिजय कृष्णमुर्ति भनिने विजय भण्डारीलाई प्रहरीले पक्राउ गर्ने गरि खोजी गरिरहेको छ।

कोटिहोम सकिए लगत्तै हिजो शुक्रबार उनलाई पक्राउ गर्ने तयारी थियो। पक्राउ गर्नकै लागी कोटिहोमस्थल छिरेको प्रहरीविरूद्ध उनका समर्थकले नाराबाजी र हुलहुज्जत गरि प्रहरीलाई भगाएका थिए।

भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी मध्यरातमा रित्तै फर्किएपनी उनी प्रहरीको खोजिमा छन् । उनिमाथी ठगीको उजुरी छ। आयोजक भण्डारीले कोटिहोम चलिरहेका बेला पनि उत्तेजक अभिव्यक्ति दिने गरेका थिए। उनी विभिन्न टेलिभिजनका कार्यक्रममा समेत पुगेर अन्तरबार्ता दिइरहेका थिए।

एक महिना लामो कोटिहोम सकिएकै रात प्रहरीले उनलाई हस्तक्षेप गरेर पक्राउ गर्न खोजेको थियो। त्यसको खबर पहिल्यै पाएपछि उनले समर्थकलाई कार्यक्रममा अबेरसम्म बस्न लगाए र प्रहरी पुगेपछि उत्तेजित बनेर भगाउन लगाए। उनका समर्थकले नाराबाजी समेत गरेका थिए।

भण्डारीले समर्थकबीचबाट बाेल्दै आफू गिरफ्तार हुन तयार रहेको पनि बताएका थिए । तर उनले आफू गिरफ्तार भएमा आफ्ना समर्थकहरुलाई आन्दोलन गर्न आदेश दिए । उनी निकै उत्तेजित रुपमा प्रस्तुत हुँदै समर्थकलाई उकासे। उनका समर्थक र सहयाेगीले प्रहरी र सरकारविरूद्ध समेत अनेकौं चर्का नारा लगाए ।

पशुपति कोटिहोम सुरु भएदेखी नै निकै बिबादास्पद बनेको थियो। एकाथरीले कोटिहोममा धर्मको व्यापार गरेको आरोप लगाइरहेका छन् भने अर्काथरीले बिबादास्पद ब्यक्तिले आयोजना गरेको र ठुलै चलखेल भैरहेको टिप्पणी समेत गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...