हिलारी स्कुलले विद्यार्थीलाई धार्मिक एवं सांस्कृतिक गतिविधिसँग जोड्दै

काठमाडौं । काठमाडौं गौरीघाट स्थित हिलारी इङ्गलिस हाई स्कुलले आफ्ना विद्यार्थीहरुलाई विभिन्न सामाजिक कार्य र धार्मिक एवं सांस्कृतिक अभियानसँग जोड्दै आएको छ।

विद्यार्थीलाई किताबी ज्ञानसँगै समाज,धर्म,परिवेश र नेपाली समाज अनि संस्कृति बारे थप जानकारी दिन यस्ता गतिविधि सहयोगी हुने विद्यालयका प्रीन्सिपल लालकुमार राई बताउँछन् ।’हामीले विद्यार्थीलाई समाज र सामाजिक परिवेश समेत सिकाउदै र देखाउदै लैजाने प्रयत्न गरेका छौं’- उनी भन्छन् -‘विद्यालय बाहिर पनि विभिन्न गतिविधिमा सहभागी हुन पाउँदा उनीहरुको चेतना र क्षमता अझै बढ्ने छ।’

हिलारी इङ्गलीस हाई स्कूलले केही दिन अगाडी विश्व वातावरण दिवसको सन्दर्भमा वाग्मती किनारमा बृक्षरोपण समेत गरेको थियो भने धार्मिक तथा सांस्कृतिक स्थल साथै परिवेशहरुको बारेमा जानकारी दिन विभिन्न तिर्थस्थल घुमाएको छ।

विद्यालयले हाम्रा धर्म, संस्कृति, परम्परा, रितितिथि, भाषा, कला, भेषभूषा आदि पुस्तान्तरण हुदै जानु पर्दछ भन्ने उदेश्यले यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ।केही दिन अगाडी पनि हिलारी इइलीस हाई स्कूलका कक्षा ९ र १० का विद्यार्थी र काम.पा. ७ मा रही विविध सामाजिक कार्यहरु गर्दै आइरहेको विभिन्न सामाजिक संघ संस्थाहरुका पदाधिकारीहरुको सहभागितामा भक्तपुरको शुर्यविनायक मन्दिरको अध्ययन, अवलोकन साथै सरसफाई कार्यक्रम गरेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय