नुवाकोटमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका स्थित सुर्यचौर(सुइरेचौर)मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
उडेको ३ मिनेटमा नै सम्पर्कमा नरहेको हेलिकप्टर दुर्घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेर ५ जनाको शव निकालेको हो। मृत्यु हुनेमा एक महिला सहित ४ जना चीनिया पर्यटक र एक जना नेपाली पाइलट छन् ।
प्रहरीका अनुसार रसुवाको स्याफ्रुबेशी जादै गरेका उनीहरुको दुर्घटनापछि शव भेटिएको छ। यसअघि २०१९ मा पनि एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभरामा दुर्घटनामा परेको थियो। सो दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी समेतको ज्यान गएको थियो।