सिमलताल दुर्घटनाको छानविन समितिले प्रतिवेदन बुझायो
चितवन, २२ साउन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा भएको बस दुर्घटनाको छानबिन गर्न बनेको समितिले मंगलबार छानविन प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिले गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन बुझाएको हो ।
गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको समितिले मन्त्रीलाई प्रतिवेदन बुझाउँदै दुर्घटनाको कारण र न्यूनीकरणका लागि गर्नुपर्ने कामको सुझाव समेटिएको बताइएको छ ।
समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले कार्यान्वयनमा लैजाने बताएका छन् । प्रतिवेदन अध्यययन गरिने र सुझाव कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाउने उनले बताए ।
गत २८ असारमा चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोले दुई वटा बसलाई बगाउँदा त्रिशूलीमा खसेका थिए ।