प्रभु बैंक काण्ड : रसिद र भौचर नै नक्कली !

झापा । प्रभु बैंक लिमिटेड झापाको बिर्तामोड शाखामा घटेको १ करोड १० लाख मुद्दती बचत गायव घटनामा थप रहस्य बाहिर आएको छ।

स्थानीय मञ्जु कुमारी नेपालले प्रभु बैंक लिमिटेड बिर्तामोड शाखामा ‘फिक्स डिपोजिट’ गरेको रकमको भौचर, रसिद र ब्यालेन्स सर्टिफिकेट सबै नक्कली भएको रहस्य बैँकले नै खोलेपछि घटना झन् जटिल बनेको हो।

बैंकको कोशी प्रदेश प्रमुख बद्रीकुमार कटुवालले विज्ञप्ति जारी गर्दै केही दिन पहिले बिर्तामोडकी मन्जुकुमारी नेपालको बचत रकम १ करोड १७ लाख बैंकबाट हराएको भनिएको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको हो ।

बैंकले विज्ञप्ति जारी गर्दै बिर्तामोड निवासी मञ्जुकुमारी नेपालले ६ महिनाअघि एककरोड १० लाख रुपैयाँ बिर्तामोड शाखामा जम्मा गरेको भनेपनि कागजात नै नक्कली भएको जनाएको छ । प्रभु बैंक लिमिटडले नेपालले मुद्दति रसिदको रकम फिर्ता पाँऊ भनि पेश गरेको निवेदन बमोजिमको रकम सम्वन्धित शाखामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा मुद्दति रकम, ब्यालेन्स सटिफिकेट र स्टेटमेन्ट वैंकबाट जारी गरिएको नभई अनाधिकृत एवम् नक्कली रहेको प्रारम्भिक रुपमा देखिन आएको र सो सम्वन्धमा थप छानविन भइरहेको उल्लेख गरेको छ ।

साथै बैँकको नक्कली रसिद, भौचर र ब्यालेन्स सर्टिफिकेट जारी गर्नेको खोजी र छानविन भईरहेको र चाडै कार्वाही गरिने समेत बैँकले जनाएको छ । केहीदिन पहिले मात्रै झापा बिर्तामोडका टिकाराम नेपालले आफ्नी श्रीमती मन्जुको नाममा राखेको नगद बैँकबाट गायब भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । उक्त समाचार बाहिरिएसगै बैँकका मार्केटिङ्ग मेनेजर प्रमोद सिटौला फरार रहेको बताइएको छ।

सिटौलाको अन्तिम मोवाईल लोकेशन काँकडभिट्टामा देखाएको कारण उनी भारतमा लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय