सुरेश ढकाल लिखित ‘इतिहास अघिको इतिहास’ पुस्तक सार्वजनिक

काठमाडौं, १८ साउन । मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास : सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ शुक्रबार सार्बजनिक गरिएको छ । लेखक ढकाल सहित किताबको कुरा गर्न उपस्थित अनुभव अजित,कैलाश राई,सन्जय शर्मा र सविन मिङ्लेखुले किताब सार्बजनिक गरेसँगै त्यसैको बारेमा चर्चा पनि गरे।

लेखक ढकालले किताबमा उद्विकासको लामो यात्रामा मानव सभ्यताले हासिल गरेको उपलब्धि र झेलेको चुनौतीबारे प्रष्ट्याउन खोजेका छन् । यो किताब विगतदेखी बर्तमान सम्मको इतिहास बारे जान्न चाहने सबैको लागि उपयोगी हुनुको साथै विद्यार्थी एवं प्राज्ञीकबर्गलाई अझ बढी काम लाग्ने छ।

“किताब र कुरा,किताबको कुरा” भन्दै सुरु गरिएको छलफलमा किताब बारे बोल्दै अनुभव अजितले पुस्तकले सबैको मन जित्ने गरि सरल शब्द मार्फत इतिहासको जटिल कुरा खोतल्न सकेको बताए। उनले अझै कतिपय शब्दलाई अनुकुल अर्थमा सम्पादन गर्न नसकेको हो कि भन्ने प्रश्न पनि उठाए। केही वाक्यांश दोहोरिएको बारेमा उनले त्यसलाई विद्यार्थीले सिक्ने भाषामा लेखिएको हुनसक्ने अर्थ लगाए।

त्यसैगरी कैलाश राईले पुस्तक पढ्न मात्रै होइन इतिहास बुझ्न् पनि सहयोगी भएको बताइन् । उनले मानव सभ्यताको विकास र आधुनिक शिक्षा प्रणाली अन्तर्गत मानवशास्त्र,समाजशास्त्र,पुरातत्त्वका बारेमा जानकारी र बैचारिक खुराक समेत पुस्तकमा रहेको बताइन् । साथै उनले महिला र पुरुष बिचको श्रम र शक्ति,मान्छे र प्रकृति एवं जिवजन्तुसंगको सम्बन्ध जोडिएको तर,यति हुँदाहुँदै पनि महिला चाहिँ कुन भुमिकामा खुम्चिएको हो भन्ने प्रश्न उठाइन।

त्यस्तै सन्जय शर्माले पुस्तकले हिजोको इतिहास र त्यसले सृजना गरेको आजको इतिहासबारे धेरै कुरा दिएको बताए। उनले किताब पढ्दा सामाजिक कल्पनाशक्तिलाई बढाइदिएको छ भन्दै सामाजिक बिकास र जीव एवं वनस्पतिबारे समेत किताबले धेरै ज्ञान दिने औंल्याए ।

लेखक सुरेश ढकालले आफ्नो प्राज्ञिक ज्ञानलाई पुस्तक मार्फत केही कुरा दिन खोजेको बताए । उनले किताबमा भएका सबै कमिकमजोरी आफैंले स्विकार्ने भन्दै इतिहासलाई करेक्सन गर्नका लागि पुराना केही मान्यतालाई पनि अध्ययन गरिनुपर्ने रहेछ भन्ने सन्देश दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय