जब पोखरा उडेको बुद्धको जहाजले काठमाडौंमै ३ फन्को लगायो…
काठमाडौं, १८ साउन । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं मै ल्यान्ड गर्नुपरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमान चालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका हुन् ।

बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौँ फर्काउने निर्णय भएको हो । फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौँ माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो ।
पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनः काठमाडौँ अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए । कम्पनीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पुर्याएको छ । तीव्र वायु चलेका कारण जनकपुर गन्तव्यको उडानसमेत रद्द गर्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।रासस