बालेन भन्छन्-‘बोल्नेभन्दा पनि काम गर्नुपर्छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)शाहले महानगर भित्र सकेसम्म सम्पदामैत्री घर र बाटोघाटो निर्माण हुनुपर्ने बताएका छन् ।

उनले हरेक भौतिक संरचना निर्माणमा मजबुत र नयाँपनमा जोड दिन पनि आग्रह गरे । काठमाडौं महानगर पालिका वडा नम्बर-८ को पशुपति जयबागेश्वरीमा नवनिर्मित भवन उद्घाटन गर्दै उनले घर र बाटोघाटोहरु सम्पदामैत्री भएमा मात्रै पर्यटकीय क्षेत्र राम्रो देखिने बताए ।‘विशेषगरी पशुपति क्षेत्र आफैंमा एउटा सम्पदा क्षेत्र भएको हिसाबले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटाहरु र घरहरुको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना पनि छ । त्यसका लागि बजेट पनि राखिएको छ । घरहरु सम्पदामैत्री नेवा शैलीमा भयो भने अझै यो पर्यटकीय क्षेत्र राम्रो देखिने छ,’-उनले भने ।

कार्यक्रममा मेयर शाहले आफू कहिलेपनी लामो भाषण गर्नेमा नपर्ने र जति काम गर्ने हो त्यति बोल्ने गरेको समेत औंल्याए ।कार्यक्रममा उपस्थित हुँदा प्रफुल्ल मुद्रामा देखिएका मेयर शाहले जम्मा जम्मी ५ मिनेट मात्रै बोले ।’बोल्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने हुन्छ’  उनले भने,-‘राजनीतिक दलका नेता जस्तो मलाई धेरै बोल्नेभन्दा पनि काममै समय दिन मन लाग्छ।’

उनले फेरि दोहोर्‍याए-‘धेरै बोल्न पनि चाहन्न । म अब निस्किन लागेको । उहाँहरुले बोल्दिनु भनेर, बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो । उहाँहरुलाई गाह्रो छ, (राजनीतिक दलका नेताहरुतर्फ लक्षित गर्दै) उहाँहरुलाई त एउटा लामो लिस्ट पनि बोल्नुपर्दोरहेछ । जिल्ला सभापतिदेखि लिएर, महाधिवेशन प्रतिनिधिदेखि लिएर सबैको नाम लिँदालिँदा उहाँहरुको त समय त्यसैमा जाँदोरहेछ । त्यो भन्दा पनि काममै अब समय दिऊँ,’– उनले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...