राष्ट्रिय परिचय पत्र बनाउन सिन्दूर टिका हटाउनु नपर्ने

काठमाडौं ।के तपाईंले राष्ट्रिय परिचयपत्र बनाउनुभयो ? वा बनाउन झन्झट लागिरहेको थियो ? यदि त्यसो हो भने अब राष्ट्रिय परिचय पत्र बनाउन सजिलो हुने भएको छ।स्थायी ठेगाना भन्दा फरक ठाउँमा बसोबास गर्नेले पनि सजिलै बनाउन सकिने छ।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आफ्नो मातहतका सबै इकाइमा सूचना जारी गर्दै धेरै कुरामा सहज बनाएको छ।महिलाको पहिचान र सौन्दर्यको सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि यस्तो कार्य नगर्न पनि सम्बन्धित कार्यालयलाई सरकारले निर्देशन दिएको छ ।
परिचय पत्रका लागि तस्बिर खिच्ने बेलामा बिशेष गरी महिलाको निधारमा भएको टिका सिन्दूर पुछेर, कानमा भएको गरगहना समेत खोल्न लगाउने गरेका कारण यस्तो कार्यको सर्बत्र आलोचना हुंदै आईरहेको थियो। राष्ट्रिय परिचय पत्रको नाममा राष्ट्रिय संस्कृति र परम्परा विरोधी कार्य भएको भन्दै केही समययता परिचय खारेजीको मागगर्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध शुरु भएको थियो । अब आफ्नो जातीय पहिचानको भेषभुषा प्रयोग गर्न र नेपाली टोपी लगाउन समेत पाइने छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई बुधबार ४ बुँदे निर्देशनसमेत जारी गरेको छ ।

हेरौं विभागले दिएको निर्देश:


१. राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ । फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन ।
२.राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाप्रतिमा सम्बन्धित व्यक्तिले सकल बमोजिम नकल ठिक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडी बढाउने।
३.व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा सीआइएमएस नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ता को व्यवस्था मिलाउने।
४. त्यहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...