ओलीले भने- पार्टीको बैठक बालुवाटारमा राख्दिन

काठमाडौं, १७ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा आएका सुझावहरुलाई नै अनुसरण गर्दै पार्टीको बैठक बालुवाटारमा नराख्‍ने बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।

मङ्गलबार राति आएको बाढीले च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेपछि आज एमालेको सचिवालय बैठक हनुमानथानस्थित होटल बसेरामा बस्दै छ । केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय